प्रकाशित मिति : २०२०-०२-२० (अद्यावधिक मित : २०२०-०७-१३)
आयोजनाको प्रभावकारी कार्यान्वयनको लागि आयोजना व्यवस्थापन कार्यालय मातहत स्थापना गरिएका चार वटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरुमध्य  विकेन्द्रीकृत आयोजना सहयोग इकाई कार्यालय, बिराटनगरले प्रदेश नम्वर १ अन्तर्गतका तपशील बमोजिमका जिल्ला र गाँउ तथा नगरपालिकाहरुमा आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।

विकेन्द्रीकृत आयोजना सहयोग इकाई

 
 
कार्यक्षेत्र
(जिल्लाहरु)

 

गाँउ तथा नगर पालिका (संख्या)

 

गाँउ पालिका

 

नगर पालिका

जम्मा

बिराटनगर

 

पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, मोरङ्ग र सुनसरी

४०

३७

७७


 

 

 

 

 

 

 

एक जना राजपत्रांकृत द्वितीय श्रेणीको अधिकृतले नेतृत्व गर्ने यो इकाई कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका, करार सेवामा रहेका र परामर्शदाता समेत गरी करिब १९ जना जति विभिन्न तह र श्रेणीको जनशक्ति कार्यरत रहेको छ ।अन्य विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु जस्तै यो कार्यालयले पनि आयोजना व्यवस्थापन कार्यालयको निर्देशन र  समन्वयमा आफ्नो कार्यक्षेत्र भित्र कार्यक्रम तथा बजेट तयार गरी आयोजनाका क्रियाकलापहरु सञ्चालन गरिरहेका छ ।